विराटनगर । विदेशमा बसोवास गरेपनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै नेपाली गीतको विश्व लोकर्पण गरिएको छ।
वेल्जियममा वसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी पौडेलद्वारा रचित एवं गायन गरिएको ‘वषैं पछि ’ नामक गीतको युट्यूब मार्फत सार्वजनीक गरिएको छ ।
गीतमा विराटनगरका शहरको र यसका विशेषता सम्वन्धमा जानकारी मूलक सन्देश प्रवाह गरिएको छ । उक्त गीतबाट हुने आम्दानीलाई गरीव,असाहयमा खर्च गरिने बेल्जियमबाट गायक सापकोटाले अनलाइन मार्फत जानकारी दिए ।
अर्का गायक मुरारीले आगामी दिन यस शहर तथा प्रदेशप्रति समर्पित रहने अन्य गीत ल्याउने जानकारी दिनु भयो । उक्त गीतको नेपाली चलचित्रका कलाकार नायक पुष्प श्रेष्ठ, चलचित्रका गायक रमा मण्डल,वडा नं १० का वडाअध्यक्ष अर्जुन गिरी र नाट्यकर्मी भरत गुरागाईले संयुक्त्त रुपमा लोकार्पण गरेका थिए ।
सो अवसरमा कलाकार श्रेष्ठ, गायक मण्डल, गिरी र गुरागाईले यस क्षेत्रमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउन हामी सबैको ध्यान जार्नुपर्ने आवश्यक्त्ता रहेको बताएका थिए ।
कलाकार सापकोटाले अग्निपथ नामक नेपाल चलचित्रमा नायकको रुपमा भूमिका निर्वाह गरिसक्नु भएको थियो भने अर्को गायक मुरारीले पाँच सय भन्दा वढी गीत गाउनका साथै टेलिरियल, कविता, उपन्यास प्रकाशन गरिसकेका छन। सोही अवसरमा गायक मण्डलले आफुले गायन गरेको नेपाली चलचित्रको गीतहरु समेत गाएर सुनाएका थिए ।
Post Views: 2