सुनसरी । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।
धरानमा पत्रकार सम्मेलन गर्दै नेता राईले आफूले पुनः सुनसरी क्षेत्र नं। १ बाट चुनाव लड्ने जनाए । ।
उनी २०७४ सालको निर्वाचनमा पनि सुनसरी क्षेत्र नं. १ बाटै चुनाव लडेका थिए । तर, त्यसबेला नेकपा एमालेका जयकुमार राईसँग पराजित बने । यसपटक सत्ता गठबन्धनको समर्थनमा आफू उम्मेदवार बन्ने तयारी गरेको उनले बताए ।
यद्यपि, सिट बाँडफाँडको कुरामा अहिले पार्टीले केही निर्णय नगरेकाले यसबारे चाँडै निर्णयमा पुग्ने राईले बताए ।
उनले भने, ‘यसअघि पनि सुनसरी क्षेत्र नं. १ बाटै निर्वाचन लडेकाले यसपटक पनि यहीँबाट चुनाव लड्ने चाहना छ, पार्टीको आधिकारिक धारणा आएपछि निर्णय हुन्छ ।’
Post Views: 2