विराटनगर । ‘स्रष्टा र सिर्जना’ को आठौ श्रृङ्खलामा धनकुटाका कवि रोशन परियार प्रस्तुत हुने भएका छन् । विराट आदर्श साहित्य मञ्चको आयोजनामा १० गते हुने कार्यक्रममा चर्चित कवि परियार प्रस्तुत हुने भएका हुन । साथै मञ्चले हरेक बर्ष प्रदान गर्दै आइरहेको युवा सम्मान यस बर्ष ऐतिहाँसिक फिल्म नालापानी का लेखक, निर्देशक तथा निर्माता रिमेश अधिकारीलाइ प्रदान गरिने भएको छ ।
विराट आदर्श साहित्य मञ्चको आयोजनामा हरेक दुई दुई महिनामा हुँदै आएको छ । यस अघिको सातौ श्रृङखलामा कवि उत्तम लिम्बु प्रस्तुत भएका थिए । अग्रज स्रष्टाहरुको सम्मान तथा नव साहित्यकारहरुलाइ साहित्य सम्बन्धि ज्ञान दिनका लागि कार्यक्रम गर्दै आइरहेको सचिव प्रभा पन्तले बताइन ।
यसअधि पोखरा, काठमाण्डौं र विराटनगरमा गरि ‘स्रष्टा र सिर्जना’ सात श्रृङ्खला सम्पन्न भइसकेका छन् । कार्यक्रमको यस शृङखला हिमालय दर्शन कलेजका विद्यार्थीहरु माझ प्रस्तुत गरिने संरक्षक मिनकुमार नवोदितले बताए ।
Post Views: 4