विराटनगर।आईसीसी लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ । सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाबीच हुन लागेको हो ।
खेल आज बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा सुरु हुनेछ ।
यो सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २–२ खेल खेल्ने छन् । नेपाल यो सिरिजमा नयाँ प्रशिक्षक मोन्टि देसाईको नेतृत्वमा खेल्दैछ । सन्दीप लामिछानेले पनि राष्ट्रिय टिममा छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो । नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।
नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पाचौं पटक खेल्न लागेको हो । यसअघिको नतिजा नामिबियाको पक्षमा छ । जसमा एक खेल वर्षाका कारण रद्द भएको थियो । नामिबिया तीन खेलमा बिजयी भयो ।
Post Views: 24