विराटनगर।नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नाबियिाले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २८५ रन जोडेको थियो ।
शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनको ऐतिहासिक शतकमा नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपाललाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको हो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेले ।
कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।
करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए ।
Post Views: 45