विराटनगर । बागलुङ नगरपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको ५ औं राष्ट्रपति कप रनिङ सिल्ड खेलकुद प्रतियोगितामा भलिबल खेलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
आइतबार र सोमबार बिहान भएका ७ खेलबाट क्वाटरफाइनल यात्रा तय भएको भलिबल प्रतियोगिताका सहसंयोजक कृष्णबहादुर अखेलीले बताए । यहाँको बाङ्गेचउर खेल मैदानमा भएको प्रतियोगिताको क्वाटरफाइनलमा धवलागिरि वीरेन्द्र माविविरुद्ध सिगाना मावि तित्याङ, पृथ्वी हिरण्य माविविरुद्ध विश्वकर्मा मावि, अमर आदर्श माविविरुद्ध सिगाना मावि खेल्नेछन् । विद्यामन्दिर माविले क्वाटरफाइनल यात्रा पार गरेर सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार बिहान भएको खेलमा विद्यामन्दिर माविले कालिका कन्या माविलाई २५–१५ र २५–१५ को सोझो सेटमा जित हात पारेको थियो । त्यस अघि क्वाटरफाइनल यात्राका लागि सिगाना मावि तित्याङले कुडुले माविलाई २५–१३ र २५–२० अंकले जित निकालेको थियो । त्यस्तै, मूलपानी माविले सिगाना मावि लामिचौरलाई पनि २५–९ र २५–१३ को सेटमा जितेको थियो । त्यसअघिको खेलमा आदर्श विद्यामन्दिर माविले धवलागिरि बहिरा माविलाई २५–१३ र २५–२१ को सेटमा जितेको थियो ।
आइतबार बेलुकीका खेलमा भने पृथ्वी हिरण्य माविले रुद्रेपिपल माविलाई २५–१४ र २५–१० को सेटमा जित हात पारेको थियो । त्यस्तै, अमर आदर्श माविले महाविद्याजन माविलाई २७–२५ र २५–२१ को सेटमा जितेका थियो । विश्वकर्मा माविले चिल्ड्रेनलाइफ माविलाई भने २५–१७ र २५–१३ को सेटमा जितेर क्वाटरफाइनल यात्रा तय गरिसकेको थियो ।
Post Views: 38