धरानका मेयर हर्क साम्पाङविरुद्व सात राजनीतिक दल एकैठाउँ, कार्यक्रम नै गरेर गराइयो सचेतना

धरानका मेयर हर्क साम्पाङविरुद्व सात राजनीतिक दल एकैठाउँ, कार्यक्रम नै गरेर गराइयो सचेतना

 राष्ट्रिय डेली

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सात राजनीतिक दलले सचेतना गराएका छन् ।

गत चैत ८ गते सात राजनीतिक दलले मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएपनि मेयरको प्रतिक्रिया नआएपछि दलहरूले एक कार्यक्रमको आयोजना गर्दै सचेतना गराएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च धरानका कार्यबाहक अध्यक्ष मोहन तिगेलाको संयोजकत्वमा भएको सचेतना कार्यक्रममा उपमहागनरभित्रका गतिविधिको सम्बन्धमा सचेतना कार्यक्रम गरिएको हो ।

उपमहानगरपालिका जनप्रतिनिधिहरूबीचको अन्तरद्वन्द्व त्यसले निम्त्याएका समस्याहरूको बारेमा धरानका जनताहरू सचेत हुनुपर्ने उपस्थितहरूले बताएका थिए ।

महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा नागरिक समाजका अगुवा समेत रहेका कुमार बहादुर कार्कीले नगरप्रमुख एकातिर र वडाध्यक्ष अर्कातिर हुँदा नगरको सर्वाङ्गीण विकास र नगरबासीको अपेक्षित समृद्वि हुन नसक्ने बताए ।

उनले नगर प्रमुखको स्वकीय सचिवको सहायकले वडाध्यक्षलाई पत्र काट्नु मर्यादित नहुने भन्दै धरानका वडाध्यक्ष, नगरप्रमुख र स्वकीय सचिवको विवादमा अलमलिएकाले विकास निर्माणका मुद्दाहरू ओझेलमा परेको बताए ।

नेकपा एमालेबाट वडा नम्बर १५ को वडाध्यक्षमा निर्वाचित नरेश इवारमले आँफू जनप्रतिनिधि भएको २ कार्यकालमा यो पहिलो ऐतिहासिक सचेतना कार्यक्रम रहेको बताउँदै धरानको पछिल्लो वास्तविक अवस्था थाहा पाउन सामाजिक सञ्जालभन्दा बाहिर निस्किएर हेर्नुपर्ने बताए ।

नगर प्रमुखबाट वडाध्यक्षहरू अन्यायमा रहेका भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अध्ययन गर्न नगरप्रमुखलाई राईलाई सुझाव दिए ।

उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त अनुसार, राज्यको पुनर्संरचनाको मर्म अनुसार हामी नगरको विकास गर्न गएका हौँ । तर, सुकुम्बासी समस्या, पानीको समस्या, बिजुली सुविधाको सिफारिस गर्ने अधिकार मेयरको टेबुलमा अड्किएका छन् ।’

नेकपा माओवादी धरान नगर कमिटीका अध्यक्ष तथा धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई ९मनोज० ले धरान नगर सरकारको कुकृत्यका विरुद्धमा सङ्घर्षमा रहेको बताएका छन् ।

उनले नगरको हितमा कार्यपालिकामा बोल्दा जबरजस्ती खोला बेचुवा दलालका रूपमा चित्रण गरिएकाले आँफूहरूको आपत्ति रहेको बताए ।

उनले भने, ‘वडाध्यक्षहरूले विधि, विधानको पक्षमा बैठकमा कुरा उठाउँदा बैठक स्थगित गर्ने, अस्वाभाविक रूपमा कर्मचारीलाई कारबाही गर्ने, कार्यपालिकामा फरक मत राख्दा वडाध्यक्षलाई स्पष्टीकरण सोध्ने, सङ्घ र प्रदेशको योजना ल्याउन नदिने, सेवाग्राहीलाई धरपकड गर्ने जस्ता गतिविधि गरिरहेपछि हामीले यो किसिमको कार्यक्रम आयोजना गरेर सचेतना गराएका हौँ ।’

कार्यक्रममा नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजङ्ग एभेङले जनप्रतिनिधि सहकार्य गरेर काम गर्नुपर्ने बताए ।

नगर प्रमुख साम्पाङकाविरुद्व यति धेरै दल एकैठाउँ सङ्गठित हुनुपर्ने आवश्यकता नरहेको तर निरङ्कुश हुने, शक्ति आफैँमा केन्द्रित गर्ने प्रवृत्ति र विसङ्गतिविरुद्ध सङ्गठित हुनुपर्ने बाध्यात्माक स्थिति बनेको उनको भनाइ छ ।

नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले अभियानताका नाममा सिधासाधा जनतालाई भ्रममा पारेर जनतामाथि चन्दा आतङ्क मच्चाउने कार्य भएको बताए ।

उनले अभियानका नाममा लिएको रकम बापत दिइने रसिदको आधिकारिकता माथि समेत प्रश्न उठाउदै विगतको मेयरको गतिविधिबारे उजागर गरिने बताए ।

‘हामी खानेपानीको समाधानको पक्षमा छौँ तर अभियानको नाममा देश विदेशका नेपाली दाजुभाइहरूले पठाएको आर्थिक हिसाबको लेखाजोखा सार्वजनिक हुन जरुरी छ’ उनले भने, ‘एकल निर्णय गर्ने रु अहिलेसम्म खानेपानी व्यवस्थापन बोर्डको एउटा बैठक नबसेको र बोर्डका अरू सदस्यलाई के भइरहेको छ थाहा छैन ।’

पोख्रेलले बोर्ड र धरानको भानुचोकस्थित घण्टाघरमा लामो समयदेखि कार्यरत कर्मचारीलाई बिनाकारण अवकाश गराएर आफ्नो मान्छे नियुक्त गरेको समेत आरोप लगाए ।

adv-single
सम्बन्धित समाचार

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी...

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर...

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुईजना...

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...