उदयपुरमा लघुवित्तको पक्षमा महिलाहरु

उदयपुरमा लघुवित्तको पक्षमा महिलाहरु

 राष्ट्रिय डेली

 

विराटनगर । उदयपुरको गाइघाटमा १५ सय भन्दा वढी लघुवित्तमा आवद्ध महिलाहरुको उपस्थितिमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ । । नेपाल लघुवित्त बैंकर्स संघ कोशी प्रदेशको आयोजनामा उदयपुर जिल्ला अन्तर्गतका सम्पूर्ण लघुवित्त वित्तीय संस्थाकाहरुको संयोजनमा वित्तीय साक्षरता राष्ट्रिय अभियानका कार्यक्रम सम्पन्न भएको हो ।

उपस्थित महिलाहरुले लघुवित्त हाम्रो साथी हो, लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त जिन्दावाद, कर्मचारीको सुरक्षाको ग्यारेण्टी गर, भन्ने नारा सहित प्लेकार्ड बोकेर गाईघाट वजार परिक्रमा गरी द इम्पायर इन होटलमा औपचारिक कार्यक्रम गरेका थिए ।

कार्यक्रममा बोल्दै लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाइलाई उद्यमी वनाउन, सशक्तिकरण गर्नुका साथै जीवन परिवर्तनको सम्वाहका रुपमा रहेको त्रियुगा नगरपालिकी उप प्रमुख महेश्वरी राईले बताइन । कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै महूली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले आजको चुनौतिपूर्ण अवस्थामा कुनै भ्रममा नलागी लघुवित्तलाई यसको मर्म र भावना अनुसार संचालनमा सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

यसैगरी कार्यक्रममा उद्योग वाणिज्य महासंघ उदयपुरका अध्यक्ष चुडामणि कार्कीले अहिले लघुवित्तहरुले वैंक भन्दा पनि सस्तो व्याजमा गाउँ गाउँमा गई आफ्नो सेवा प्रदान गरिरहको वताएका छन् ।त्यस्तै कार्यक्रममा फरवार्ड लघुवित्त वित्तीय संस्थाकी विभागीय प्रमुख हिरा कुमारी थन्दारले लघुवित्तले महिलाहरुलाई सशक्तिकरण गर्दै लगेको कुरा विर्सन नहुने र दुख सुखको साथी भएको स्मरण गराएकी थिइन् ।

कार्यक्रममा नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेश संयोजक संजय कुमार मण्डलले लघुवित्त वित्तीय संस्थामा देखिएको समस्याहरुलाई सवै लघुवित्त वित्तीय संस्था मिलेर महिलाहरुको हितमा लाग्नु पर्ने र आजको भ्रमपूर्ण अवस्थालाई चिर्दै आगामी दिनमा सबैले नेपाल राष्ट्र वैंकको नीति र महिलाहरुको आवश्यकलाई ध्यान दिदै संचालन गर्नु पर्ने बताएका थिए।

कार्यक्रममा जिल्लाका सवै सरोकारवाला स्थानीय निकायहरु, पत्रकार, उद्योग वाणिज्य महासंघका अध्यक्ष, विभिन्न लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी अधिकृत, विभागीय प्रमुख, अनुगमन अधिकृत लगायतको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

adv-single
सम्बन्धित समाचार

विराटनगरमा 'ट्युबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'ट्युबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड ट्युबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी...

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर...

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुईजना...

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...

आज सार्वजनिक हुँदैछ डीभीको नतिजा, कसरी हेर्ने ?

विराटनगर । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको नतिजा आज सार्वजनिक हुँदैछ । नेपाली समयअनुसार आज राति ९ बजे नतिजा सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी भर्दा प्राप्त कम्फर्मेसन नम्बरका आधारमा डीभी...