विराटनगर । विराटनगरमा सोमबार दिउँसो एक युवकमाथि तरबार प्रहार भएको छ । तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन् ।
विराटनगर–१० सन्सारीमाईस्थानबाट पूर्व तर्फ उनीमाथि तरबार प्रहार भएको प्रहरीले जनाएको छ । उनको दुबै हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
अहिले उनको नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिमाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीले बताएको छ । घटनामा संलग्नहरूको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 198