काठमाडौं । हङकङसँगको मैत्रीपूर्ण क्रिकेटमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।
आजको खेलमा नेपालका तीव्र गतिका बलर आकाश चन्दले डेब्यु गरेका छन् । उनले टी-२० आई खेलमा डेब्यु गरेका हुन् । नेपालबाट दुई ओडीआई खेल खेलेका छन् । अघिल्लो महिना क्यानडासँग ओडीआई खेलमा उनले नेपालका लागि डेब्यु गरेका थिए ।
नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि नेपालले यो खेल खेल्न लागेको हो । नेपाल र हङकङबीच हालसम्म ७ टी-२० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ । गत अक्टोबरमा मूलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो ।
त्रिकोणात्मक सिरिजमा नेपालले आइतवार हङकङ र मंगलवार पपुवा न्युगिनीसँग खेल्नेछ । नेपालले शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग बुधवार खेल्ने तालिका छ ।
नेपाली टिम
रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, आकाश चन्द ।
Post Views: 90