विराटनगर । विराटनगर–८, मधुमारास्थित नमुना विद्या मन्दिरले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ ।
स्कुलले शुक्रबार एक कार्यक्रम आयोजना गरी शैक्षिक सत्र, २०८१ का लागि नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका १५७ जना विद्यार्थीहरूलाई स्वागत गरेको हो ।
स्कुलमा स्थापित नमुना बाल क्लबको आयोजनामा भएको स्वागत कार्यक्रमको अध्यक्षता प्रिन्सिपल शिवप्रसाद अधिकारीले गरेका थिए ।
कार्यक्रममा नयाँ भर्ना भएका र त्यसअघिदेखि नै अध्ययनरत विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।
नवआगन्तुक विद्यार्थीहरूलाई प्रिन्सिपल अधिकारीसहित शिक्षक–शिक्षिकाहरूले अबीर र खादा लगाइदिएर स्वागत गरेका थिए ।
Post Views: 287