नेपालमा हिउँ पग्लिँदा बंगलादेशको अस्तित्व खतरामा पर्ने चिन्ता

नेपालमा हिउँ पग्लिँदा बंगलादेशको अस्तित्व खतरामा पर्ने चिन्ता

 राष्ट्रिय डेली

काठमाडौं । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् ।

हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरू भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको र हिमालको हिउँ पग्लिँदा बङ्गालादेशमा बाढीलगायत समस्या सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले जलवायु परिवर्तका असर न्यूनीकरणका लागि समयमा सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटीय क्षेत्रको अस्तित्व नै गुम्ने भन्दै सहभागीको ध्यानाकर्षण गराए ।

जलवायु उत्थानशीलालाई सम्बोधन गर्न जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनमा ध्यान जान आवश्यक रहेको उनको भनाइ छ । ‘विकसित देशले ८१ प्रतिशत कार्बन उत्सर्जन गर्छन् । त्यसले गर्दा नेपाल, बङ्गलादेशजस्ता विकासोन्मुख मुलुकहरूले समस्या भोग्नुपरेको छ,’ उनले भने, ‘विकसित देशले विभिन्न अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा गरेको प्रतिबद्धता कार्यन्वयन गर्न सकिरहेका छैनन् । अब उनीहरुलाई झक्झक्याउनुपर्छ ।’

मन्त्री हुसैनले सरकारले मात्रै गरिबी निवारण र जलवायु परिवर्तनको असर रोक्ने नसक्ने भन्दै अनुकूलन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न लाग्नुपर्ने समेत बताए ।

जलवायु परिवर्तनको प्रभावले ल्याएका समस्या निराकरण गर्न राजनीतिक इच्छाशक्ति जरुरी रहेको उनको भनाइ थियो ।

चन्द्रगिरिमा सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ मा विभिन्न २५ देशका विज्ञहरूको सहभागिता रहेको छ ।

संवादमा नेपाललगायत पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता छ ।

पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यलाई सुदृढ, समन्वय र प्राथमिकता दिने विषयमा विज्ञहरूबीच छलफल हुनेछ ।

adv-single
सम्बन्धित समाचार

२१ महिनापछि सरकारको नेतृत्व देउवालाई दिन्छु : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन्। दशैँपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई...

दशैँ मनाउन उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

विराटनगर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ। महासङ्घका अध्यक्ष विजय स्वारले यस...

गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

विराटनगर । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको...

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ। आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना...

३७ अंकले बढ्यो नेप्से परिसूचक

विराटनगर । सेयर बजार आज पनि बढेको छ। यस दिन नेप्से ३७.१३ विन्दुले बढेर २६९०।७२ अंकमा आएको छ। त्यस्तै कुल कारोबार ७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन्।...

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका जवानको मृत्यु

  विराटनगर । मोरङमा दुर्घटना हुँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका ४ गोकुवा चोकमा...

५६ अंकले बढ्यो नेप्से

विराटनगर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शून्य ९ अंकले उकालो लागेर २ हजार ६५३ दशमलव ५८ मा पुगेको छ। ठूला कम्पनीको...

नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग

विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...

लोकसेवा तयारी कक्षामा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै ईडेनवर्ग कलेज

  विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

सुनको मूल्य हालसम्मकै उच्च

  विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...

रोशीमा अड्किएका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको आदेश

  विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...