५८ अंकले घट्यो नेप्से परिसूचक
विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...
विराटनगर । अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई सिलिङ पंखा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ वटा सामुदायिक विद्यालयहरूलाई सिलिङ पंखा उपलब्ध गराएको महानगरले जनाएको छ ।
सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यबाहक मेयर मधुबाबु तिवारी र सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूलाई पंखा हस्तान्तरण गरेका हुन् ।
केहीदिनयता विराटनगरमा अत्याधिक गर्मी बढेको छ । जसका कारण पंखा नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रभावित भएका छन् । चालु आर्थिक वर्षको विनियोजित बजेटबाटै पंखा खरिद गरेर विद्यालयलाई वितरण गरिएको कार्यबाहक मेयर तिवारीले जानकारी दिए ।
मेयर नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान गर्ने घोषणा गरेका थिए । मेयर कोइरालाकोको घोषणापछि चालु आर्थिक वर्षको बजेटमा पंखा खरिदका लागि बजेटसमेत विनियोजनसमेत गरिएको थियो । पहिलो चरणमा महानगरले एकैपटक ५ सय थान पंखा वितरण गरेको छ ।
शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार प्रति विद्यालय ५ देखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पंखाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल ५ सय पंखा वितरण गरिएको दाहालको भनाइ छ ।
तत्काललाई पाँच सय पंखा उपलब्ध गराएसँगै विद्यालयहरूलाई जडान गर्न भनिएको छ । शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा विनियोजित २० लाख रकम अनुरुप सामुदायिक तथा धार्मिक विद्यालयले पंखा पाएका छन् ।
कार्यबाहक मेयर तिवारीले पंखा वितरण गर्नुको उद्देश्य विद्यार्थीलाई गर्मीयाममा पठनपाठनमा सहजीकरण गराउने रहेको बताए । उनले महानगरले सामुदायिक विद्यालयमा अनुगमन गर्दा कक्षाकोठामा पंखा अभाव भएको देखिएकाले विद्यार्थीलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गरिएको बताए ।
विगत एक महिनायता ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम विराटनगरमा देखिएको छ । विराटनगर महानगरपालिकामा पंखा आपूर्तिका लागि मोरङ सुन्दरहरैंचाको मनोकामना अटो मोवाइल्सले ठेक्का लिएको थियो ।
पंखा प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले खुसी व्यक्त गरेका छन् । महानगरले अत्यन्तै प्रशंसनीय कार्य गरेको उनीहरूको भनाइ थियो ।
विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...
विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...
विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...
पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइएको हो । उनलाई लेकसाइडबाट घुमाएर अदालत उपस्थित...
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै...
विराटनगर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही...
काठमाडौँ । कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ। अहिले कार्यालयमा ठूलो भीड लागेको छ। उनीमाथि केही अघि मात्रै...
विराटनगर । मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई सिभिल प्रहरी मार्फत अबैध रकम उठाउने गरेको आरोपमा मोरङ जिल्लाबाट प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्की मोरङ आएदेखी नै...
विराटनगर । अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सहित ४ जना प्रहरीलाई अनुसन्धान एवं छानबिनमा प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर...
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा...