काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।
उनले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक रहेको बताएका थिए । उनले नयाँ आएको राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभइ आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जिकिर गरे ।
उनले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र नयाँ पार्टी रहेको बताएका छन्। नेतृत्वले नियन्त्रण गरेको पार्टी काँग्रेस हुनु नहुने पनि बताए । काँग्रेसले आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुनेगरी आफूलाई अघि बढाउन सक्नुपर्ने समेत बताएका थिए ।
Post Views: 166