काठमाडौं । नेपाली चलचित्र घरज्वाईंको प्रिमियर शो सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर सम्पन्न भएको हो ।
प्रिमियरमा राजनीतिक दलका नेतादेखि कलाकारहरुसम्मको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभामुख इन्दिरा रानाले राम्रो चलचित्र भएको बताईन। उनले मगर जातिको कथावस्तुलाई चलचित्रमा देखाइएको बताईन।
कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र साढे ५ वर्षदेखि तयारी रहेको र सोहीअनुसार बनाइएको बताएका छन् । उनले आफूलाई संस्कृतिमाथि धेरै चाहना रहेको र सबैखाले संस्कृतिलाई बुझ्न आफू रुची राख्ने बताए ।
मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाईं संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभुति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । जनक घर्ती मगरले निर्माण गरेको चलचित्रामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन खबपु, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
Post Views: 271