विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताएका थिए । । उनले सरकारले सो रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बतएका छन् । मन्त्री पौडेलले सो रोगको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने योजना पनि सार्वजनिक गरेका थिए ।
Post Views: 136