विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्।
तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार प्रति तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल गरेको जिल्ला प्रसाषन कार्यालय स्रोतले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले भने समाचारमा तिन तहविच बेमेल भनेर समाचार प्रकाशन भएको र तस्करीको प्रमाण नखुलेको बताएका छन् । छलफलका विषयमा बुझ्दा भट्टराईले कुनै छलफल नभएको बताएका छन् । र समाचारमा आएका कुराहरुको विषयमा अनुसन्धान गर्ने बताएका छन् ।
मोरङका बोर्डर नाकाहरुमा प्रहरी संगठनका उच्च अधिकारीहरुको संलग्नतामा पछिल्लो समय तस्करी बढ्दै गईरहेको छ । एसपी नवराज कार्कीले बिवादित प्रहरीहरुलाई सरुवा गरेर मोरङ जिल्लामा ल्याई सादा पोसाकमा खटाई तस्करहरुसंग रकम उठाउन खटाउने गरेको पाईएको छ । सादा पोसाकका प्रहरीहरुले विराटनगर संग सिमा जोडिएको रानी आसपासबाट मात्रै हरेक महिना लाखौ अवैध रकम उठाउने
र माथिल्लो निकाय सम्म बुझाउने गरेका छन् ।
विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशन भईसक्दा समेत सम्बन्धित निकायले कारवाहि गर्न सकेको छैन् ।
Post Views: 350