विराटनगर । विराटनगर तथा आसपास ड्युटी गर्ने ट्राफिक प्रहरीहरु जनताको सेवा भन्दा कमाई धन्दामा लागि परेका छन् । ट्राफिक प्रहरीहरुले चेकिङका क्रममा रसिद नकाटी रकम लिने गरेको जन गुनासो बढेको छ ।
मोरङ ट्राफिक प्रहरी प्रमुख सुमन न्यैपानेले एउटै कार्यालय भित्र विभिन्न टिम बनाएर रकम उठाउन खटाउने गरेको खुलेको छ । उनले उमेश पुरी र चेतेन्द्र श्रेष्ठलाई विराटनगरका विभिन्न ट्राफिक विटहरुमा तत्काल परिचालित टिम ,क्युआर .टि बनाएर पठाउने गरेको र उनिहरुले रकम असुल्ने गरेको खुलेको छ ।
उमेश पुरी ,चेतेन्द्र श्रेष्ठ लगायतलाई छुट्टा छुट्टै विराटनगर आसपासका क्षेत्रहरुमा चेकिङमा जाने गरेको र रकम उठाउने गरेको पाईएको छ । उनिहरुलाई मोरङ जिल्ला ट्राफिक प्रमुख सुमन न्यैपाने आफैले खटाउने गरेका छन् ।
ट्राफिक प्रहरीहरुले यसरी रकम उठाउने गुनासो आएको यो पहिलो पटक भने हैन, बारम्बार यस्ता गतिविधिमा संलग्न भएको प्रमाणका आधारमा बेला बेलामा समाचारहरु प्रकाषन हुँदै आएको छ ।उमेश पुरी र चेतेन्द्र श्रेष्ठ, त केहि उदाहरणिय पात्र मात्र हुन् । उमेश पुरी विगत चार बर्षदेखी जिल्ला ट्राफिक कार्यालयमा रहँदै आईरहेका छन् । सामान्यतया एक बर्षमा सरुवा हुनुपर्ने भएता पनी उनिहरुलाई सरुवा नगरी रकम उठाउने काममा लगाइएको छ ।
जिल्ला ट्राफिक मोरङले विना अनुमती केशलिया नहरपारी चेङिक पोस्ट स्थापना गरि सुनसरीबाट आउने सवारी साधनहरुबाट रकम असुल्ने गरेको जन गुनासो समेत आउने गरेको छ । ट्याक्टर, मोटरसाईकल र तरकारी बोकेका सवारीबाट उनिहरुले मासिक रकम असुल्ने गरेका छन् । केसलिया पोष्टमा रहेका चेतेन्द्र श्रेष्ठलाई पठाउने गरिएको छ । मोरङ र सुनसरी जोड्ने केशलिया पोष्टले केशलिया खोलाको आसपासबाट रातको समयमा माटो उत्खनन् गर्ने ट्याक्टरहरुबाट समेत रकम लिने गरेका छन् ।
पहुँच र पावरको भरमा जिल्ला मोरङ लगायत आसपासमा बस्ने र हार्डवेयर ,व्यापारी, उद्योगहरुबाट र भारतिय सवारी साधनहरुबाट ट्राफिक प्रहरीहरुले मासिक मोटो रकम असुल्ने र माथिल्लो निकाय सम्म पुर्याउने गरेका कारण उनिहरुको सरुवा हुन सकेको छैन् । जसमा हाटखोटा ट्राफिक ईन्चार्ज हिक्मत काफ्ले, उमेश पुरी, विरेन्द्र मण्डल, असोक चौधरी, लिला न्यैपाने लगायत रहेका छन् भने केहि सरुवा भईसकेका छन् । हिक्मल काफ्ले, उमेश पुरी विगत ४ बर्षदेखी विराटनगर आसपास बस्दै आईरहेका छन् । उनीहरुको सरुवा भएता पनी उनिहरु सरुवा भएको स्थानमा जादैनन् ।
विराटनगर आसपासमा भएका ट्राफिक पोष्टहरुले ओभरलोड बोकेर आउने भारतिय सवारी साधनलाई १ हजार ५ सयको रसिद काट्ने र ५ सय रुपैया रसिद नकाटी लिने गरेका छन् । भने विराटनगरमा भएका ट्रान्सपोर्टहरुबाट समेत मासिक रकम असुल्ने गरेका छन् ।
सवारी साधनहरुबाट रकम असुली गर्ने र माथिल्लो निकाय सम्म रकम वुझाएका कारण मोरङ जिल्लाका धेरै जसो ट्राफिक विटहरुमा धेरै बर्षदेखी बस्दै आएका ट्राफिकहरुको विभिन्न स्थानमा सरुवा भएपनी उनिहरुलाई सोहि स्थानमा राख्ने गरिएको छ । उनिहरु पावर र पहँुचको भरमा एकै स्थानमा बस्दै आईरहेका छन् ।
केहि समय अगाडी प्रदेश ट्राफिक कार्यालयले सरुवा निकालेता पनी देखावटी सरुवा रहेको छ । सरुवा निकाले पनी धेरै जसौ ट्राफिकहरुलाई सोहि स्थानमा राखीरहने गरीएको छ । अहिले विराटनगरका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरुले पार्किङ व्यवस्थापनमा ध्यान नदिएको जन गुनासो समेत बढ्दै गईरहेको छ ।
यस विषयमा कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख सरोज पौडेलले अहिले सम्म आफुलाई तेस्तो जानकारी नआएको र एकै ठाउमा ६ महिना देखी एक बर्षसम्म बसिरहने सवै ट्राफिकहरुलाई सरुवा गर्ने बताएका छन् । कुनै ट्राफिकहरुको विषयमा जन गुनासो आए अनुसन्धान गरी कारवाही समेत गर्ने पौडेलले बताएका छन् । साथै ट्राफिक प्रहरीहरुले रसिद नकाटी रकम लिने विषयमा समेत अनुसन्धान गरी कारवाहि गर्ने बताएका छन् ।
Post Views: 957