नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा कर्ण बहादुर रायमाझी निर्वाचित भएका छन् । नेपाल घर जग्गा व्यवसायी संध मोरङको ५ औ अधिवेषनबाट रायमाझी सर्व सम्मत चयन भएका हुन् ।
त्यसैगरी वरिष्ट उपाध्यक्षमा भरतराज दाहाल, उपाध्यक्षमा मात्रीका भट्टराई, महा सचिवमा छवी फुयाल, प्रवक्तामा राजेन्द्र प्रसाद खनाल, सचिवमा कृष्ण बहादुर थापा, कोषाध्यक्षमा ज्ञानेन्द्र कुमार बस्नेत, सदस्यहरुमा फिणिन्द्र निरौला, भवानी आचार्य, शान्तिराम खनाल, विमल भट्टराई, विक्रम थपलिया, लक्ष्मि प्रसाई, शंखर शााह, प्रभु शाह, अभिषेक गजमेर सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाल घर जग्गा व्यवसायी संध मोरङको ५ औ अभिवेषन कार्यक्रम विराटनगरको सिंहासन होटलमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै कोशी प्रदेश प्रमुख प्रर्शुराम खापुङले सरकारले घर जग्गा व्यवसायीहरुको मागलाई सम्बोधन गर्नु पर्ने बताएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष रायमाझीले नेपालको संविधानलाई मान्दै धर जग्गा व्यवसायिहरुको हितमा लागिपर्ने बताएका छन् ।
कार्यक्रममा व्यवसायी दिपक मल्होत्रा ,कोशी सुधार अभियानका अध्यक्ष अभिषेक गिरी लगायत नेपालका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
Post Views: 263