विराटनगर, ६ चैत । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले मोटर र्यालि गर्ने भएको छ । यहि चैत १२ गते ‘अन्वेषण पूर्व’ भन्ने नाराका साथ विराटनगरबाट मोटर र्यालि गर्न लागिएको शुक्रवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मंचले जानकारी दिएको छ ।
कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई पुर्नजिवित गर्दै आन्तरिक पर्यटनलाई पहिलाकै अवस्थामा पर्काउने उद्देश्यका साथ मोटर र्यालिको आयोजना गरिएको मंचले जानकारी दिएको छ ।
विराटनगरबाट शुरु हुने मोटर र्यालिले वर्दिवास, घुर्मी हुँदै फाफ्लुसम्मको चार सय किलोमिटरको यात्रा गर्ने मोटर र्यालि आयोजक समितिका संयोजक शुभम भट्टराईले जानकारी दिए ।
चैत १२ बाट शुरु भएको र्यालि १४ गते विराटनगर आइपुग्ने छ । एउटा मोटरमा ४ जना रहने गरी २० वटा गाडीको र्यालि हुने आयोजकले जानकारी दिएको छ । र्यालिमा सहभागि हुने प्रतिव्यक्तिलाई १५ हजार शुल्क तोकिएको छ । सहभागिहरुलाई आयोजकका तर्फबाट फाफ्लुमा दुई दिनको वास साथै खाना, खाजा र प्रमाण–पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
उक्त मोटर र्यालिले आफ्नो छुट्टै मौलिक पहिचान र भौगोलिक बनावट भएको तराई, पहाड र हिमालको पर्यटकीय क्षेत्रलाई एक आपसमा जोडेर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजक टिमले अपेक्षा गरेको छ ।
Post Views: 6