सुनसरी, २६ चैत । नेपाली कांग्रेस नेपालको एक समाजवादी–जनवादी राजनीतिक दल हो । यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो । त्यस पश्चात नेपाली राजनीतिमा आफ्नो वर्चस्व कायमनै रहेको देखिन्छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चटारोमा अहिले केन्द्रिय नेता देखि लिएर स्थानीय तह सम्मका नेताहरु व्यस्त देखिन्छन भनी आफ्नो नेतृत्वलाई सम्भव तुल्याउन नेताहरु हर सम्भव कोशिसरत देखिन्छन । त्यही व्यस्तता इटहरीमा समेत देख्न सकिन्छ साथै इटहरीका २० वटै वडाको पुराना क्रियाशिल सदस्यहरुको नवीकरण कार्य सम्पन्न समेत भएको र नयाँ क्रियाशिल फारम पठाईसकिएको अवस्था छ ।
नेपाली कांग्रेस इटहरी उपमहानगरमा पनि दुई पक्ष विच चुनावी भिडन्त हुने देखिन्छ भनी आफु पनि सभापतिको दाबेदार हो भन्ने नेता धेरै भेतिन्छ्न त्यस मध्ये पनि देउवा पक्षबाट बिकास के.सी देखिन्छन भनी रामचन्द्र पौडेल र कोइराला लिगेसीबाट वर्तमान नगर सचिव प्रकाश बस्नेत नगर सभापतिमा आउने सम्भावना बढेको पाइएको छ ।
स्रोतका अनुसार देउवा पक्षका बिकास के.सी संगको चुनावी लडाइमा प्रकाश बस्नेत मात्रै एउटा यस्ता दरिला उमेदवार हुन् जस्ले के.सीलाई हराउन सक्छन र लोकतान्त्रिक मुल्य मान्यता भित्र रहेर नगर कमिटिलाई सफल तुल्याउन सक्छन ।
पछिल्लो समय यता बस्नेतको माहोल इटहरी उप महानगरपालिकामा राम्रो बन्दै गईरहेको देख्न र बुझ्न सकिन्छ ।
Post Views: 763