लायन्स घोपाद्वारा सडक मानवहरुलाई लुगा वितरण

लायन्स घोपाद्वारा सडक मानवहरुलाई लुगा वितरण

 राष्ट्रिय डेली

धरान, २ बैशाख । गर्मीयाम सुरु भए पछि बि.पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको लायन्स क्लब अफ धरान घोपा युनाइटेडले शुक्रवारदेखि ‘बन्धनः द क्लोथ बैंक’ सेवा सुरु गरेको छ । यस अन्तर्गत पहिलो दिन राती ११ बजेदेखि ३ बजेसम्म भानु चोक, बगरकोट, बरगाछी र व्यु पोइन्ट स्थित सडक मानवहरु सुत्ने ठाउँ पुगेर लायन्स क्लब अफ धरान घोपा युनाइटेडका लायन्सहरुले सडक मानव र उनीहरुका परिवारका अरु सदस्यहरुलाई लुगा बितरण गरेका छन् ।

दिनभरी मागेर जीविकोपार्जन गर्ने र राती सडकमा सुत्ने थुप्रै मानिसहरु अर्धनग्न अवस्थामा रहेको जानकारी पाए पछि आफुहरुले ५ दिनदेखि लुगा संकलन, सफा, प्रसोधन र प्याकेजिङ्ग गरेको र नयाँ बर्ष मनाउन राखेको खर्च तथा बि.पि. मा बस्ने विद्यार्थीहरु र परिवारहरुको सहयोगले सडक मानव र उनीहरुका परिवारका अरु सदस्यहरुकालागि उनीहरु बस्ने ठाँउमै पुगेर लुगा बाँड्ने प्रयास सुरु गरेको प्रतिष्ठानमा कार्यरत इन्टर्न तथा लायन्स क्लब अफ धरान घोपा युनाइटेडका अध्यक्ष लायन डा. शुभम कुमार अग्रवालले बताए । नयाँ बर्ष मनाउने नाममा तडकभडक गर्नु भन्दा दुःखीहरुको हेरचाहमा थोरै भए पनि सहयोग पुगोस् भनेर सहयोग गरिएको क्लबका सचिव लायन अभिजित कुमार सिंहले बताए । यसका साथै आउने दिनहरुमा अरु ठाउँहरुमा पनि ‘लायन्स क्लोथ बैंक’ को सेवा अभियानलाई निरन्तरता दिने कार्यक्रमका संयोजक लायन मधुसूदन माधवले बताए ।

बितरणको क्रममा सो क्षेत्रको बिषयमा जानकारी ल्याएर आफुहरुलाई सहयोगको लागि घच्घच्याउने लायन डा. प्रभात कापडी, लायन देवान्शु राज श्रीवास्तव, लायन भितास्ता मुस्कान र लियो दिपा चौधरीलाई बिशेष धन्यवाद दिइएको थियो । सो क्षेत्रका सडक मानवहरुको अवस्थाको बिषय सार्वजनिक भएपछि जीवनयापनमा सहजता प्रदान गर्न एवं दुखमा साथ दिन कपडा बितरण गरिएको सो कार्यक्रममा उपस्थित डा. कापडीले बताए ।

गर्मीयाम सुरुवातदेखि नै लुगा नभएर अर्धनग्न अवस्थामा बस्न बाध्य भएका सडक मानवहरु राम्रो कपडा पाए पछि निकै हर्सित देखिन्थे । लत्ता कपडा पाएपछि सडकमा बस्दै गरेका रमनले भने, ‘हामी जस्तो दुःखीलाई पनि हेर्ने मनकारी हुँदा रहेछन् । राम्रो कपडा पाउँदा धेरै सहयोग मिलेको छ ।’

प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले सन् २०२० मा स्थापना गरेको लायन्स क्लब अफ धरान घोपा युनाइटेडले स्थापना कालदेखि नै समाजप्रति उत्तरदायि हुदै ‘आरोग्यः मुभ फर हेल्थ’ अन्तर्गत दुर्गम ठाउँहरुमा र विपन्नकालागी निःशुल्क स्वास्थ जाँच शिविरहरु, ‘अन्नपूर्णः ह्यपी बेल्ली, ह्यापी फेसेस’ अन्तर्गत टोल विकास संस्थासङ समन्वय गरि गरिबहरुलाई खाद्यान्न बाड्ने, ‘बन्धनः द क्लोथ बैंक’ अन्तर्गत विपन्नलाई जाडो र गर्मीका लुगाहरु वितरण, ‘दिर्घजिवीः लिव्स लाइफ, गिव्स लाइफ’ अन्तर्गत ‘ब्लड अन कल’ कार्यक्रम, ‘नवजिवनः होलिस्टिक रेज्युभिनेसन इन द हिलिङ स्पेस’ अन्तर्गत विपन्नको सम्पुर्ण उपचार, ‘निकेतनः वेयर डृम्स कम होम’ अन्तर्गत विपन्न र अपांगकालागी घर निर्माण, ‘निर्मलः आवर सिटि, क्लिन सिटि’ अन्तर्गत सरसफाइ कार्यक्रम, ‘प्याड बैंकः फर पिरियड्स विथ नो वरिज’ अन्तर्गत ग्रामिण र विपन्न महिलाहरुलाई निःशुल्क स्यानिटेरी प्याड वितरण, ‘सन्जिवनीः सेयरिङ मेडिसिन्स, स्प्रेडिङ स्माइल्स’ अन्तर्गत विपन्नकालागी मेडिसिन बैंक, विद्यालयहरुमा ‘सुस्वाथ्यः इन्सपाइरिङ बेटर हेल्थ’ अन्तर्गत स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु, तथा अन्य विविध शिक्षा र स्वास्थसँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...