सुन्दरहरैँचामा ७ दिने महिला उद्यमशीलता तालिम शुरु

सुन्दरहरैँचामा ७ दिने महिला उद्यमशीलता तालिम शुरु

 राष्ट्रिय डेली

विराटनगर, १८ बैशाख । मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थितमा ‘स्वाभिमान नेपाल’ संस्थाको उद्घाटन भएको छ । संस्थाको उद्घाटनको क्रममा जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै बिहीबारबाट ७ दिने महिला उद्यमशीलता तालिम समेत सुरु गरेको छ । सात दिने महिला उद्यमशील तालिम अन्तर्गत बेहुली जुत्ता बनाउने तालिमको प्रशिक्षण मालती आचार्यले दिने छिन ।

कार्यक्रममा ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक तिलक बहादुर बुढाथोकी, तीर्थराज पराजुली, दिल कुमारी तामाङ, यसोदा कुमारी धमला, पवित्रा दाहाल, पुष्पराज घिमिरे दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष गोमा खड्का कोंग्रेनको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल प्रमुख आतिथि रहेका थिए भने समाजसेवी ललित बहादुर श्रेष्ठ विशिष्ठ आतिथि रहेको थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले स्वाभिमान नेपालले प्रशंसनीय कार्य गरेको बताए । उनले यस संस्थाले समाजमा भइरहेका विकृति विसंगतिका विरुद्ध सचेतना अभियान चलाएको बताए । संस्थाले पिछडा वर्गका महिलाहरुलाई उद्यमशीलता तालिम दिएर उद्यमी बनाउने छ भन्ने विश्वास लिएको ढकालले बताए । यसकार्यको लागि नगरको तर्फबाट सकेको सहयोग गर्न समेत ढकालले बताए । कार्यक्रममा बोल्दै ढकालले आफ्नो कार्यकालमा वृद्धा आश्रम खोल्न नदिने समेत बताए ।


कार्यक्रममा संस्थाकी उपाध्यक्ष सृजना खड्का, समाजसेवी तथा महिला अभियन्ता अनिता ज्ञवाली, निरु बजगाईं, मनु तामाङ, देवी माया ढकाल, तारा बस्नेत, राम पसाद्र गजुरेल, साजन मिया लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका सचिव देवचन्द्र घिमिरेले सञ्चालन गरेका थिए । कार्यक्रममा नगरभरिका १५० भन्दा बढीको सहभागीता रहेको थियो । उक्त कार्यक्रम कोरोना महामारीलाई ध्यानमा राखेर सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर गरिएको घिमिरेले बताए ।


तालीमको दोश्रो दिन ४० भन्दा बढी महिलाले मखमल जुत्ति बनाउने तालिम लिएका छन् ।

adv-single
सम्बन्धित समाचार

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी...

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर...

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुईजना...