काठमाडौं । सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप पाएको बताएको छ ।
आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक विज्ञप्ति जारी गरेर १७ वर्ष माथिका ७० प्रतिशत नागरिकले पूर्णमात्रा खोप लगाएको बताएका हुन । यस्तै ८३ प्रतिशत नागरिकले कम्तिमा एकमात्रा खोप लगाएका बताए ।
त्यस्तै, १२ वर्षदेखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६७० बालबालिकाले पहिलो मात्रा र तीन लाख ५८ हजार २९८ बालबालिकाले पूर्ण मात्रा खोप लगाएका उनले जानकारी दिए । कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकामध्ये तीन लाख जनाले बुस्टर डोज खोप पाएका छन् ।
हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आइपुगेकामा तीन करोड छ लाख चार हजार १५२ डोज खोप नगाइसकेको पनि मन्त्री खतिवडाले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगायन सुरु गरेको एक वर्ष पूरा भएको छ ।
Post Views: 6