विराटनगर । विराटनगर– ११ मा रहेको सगरमाथा बोर्डिङ स्कुलले स्पोर्टस विक २०७९ सुुरू गरेका छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरी स्पोर्टस् विक सुरू गरिएको हो ।
पाँच दिन सम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,टेवल टेनिस र म्याराथुन लगायतका खेलहरु समावेश गरिएको छ । स्कुलमा अध्ययनरत कक्षा नर्सरी देखी कक्षा ९ सम्मका सम्पुर्ण विद्यार्थीहरुको सहभागिता रहने स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले बताए । साथै सगरमाथाले हरेक बर्ष पढाइ संगै खेलकुलदमा समेत उत्कृट खेलाडी उत्पादन गर्दै आइरहेको गौतमले बताए ।
सगरमाथा स्कुलले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस विक गर्दै आइरहेको छ । सगरमाथा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाइ अतिरिक्त क्रियाकलाप अन्र्तगत स्पोर्टस विक सुरु गरिएको भाइस प्रिन्सिपल रोहिणीरमण दवाडीले बताए ।
स्पोर्टस विकमा भाग लिएका उत्कृष्ट विद्यार्थीहरुलाइ स्कुलले हरेक बर्ष पुरस्कृत समेत गर्दै आइरहेको छ ।
Post Views: 22