विराटनगर । विराटनगर ३ मा रहेको मोर्डन एरा बोर्डिङ स्कुलले स्पोर्टस मिट २०७९ सुुरू गरेका छ । स्कुलमा हिजो एक कार्यक्रम आयोजना गरी स्पोर्टस् मिट सुरू गरिएको हो ।
तिन दिन सम्म संचालन हुने स्पोर्टस मिटमा फुटबल, क्रिकेट, भलिवल,टेवल टेनिस, म्याराथुन, चकलेट रेस,म्याथ रेस लगायतका खेलहरु समावेश गरिएको छ । स्कुलमा अध्ययनरत कक्षा नर्सरी देखी कक्षा १० सम्मका सम्पुर्ण विद्यार्थीहरुको सहभागिता रहने स्कुलका प्रिन्सिपल इन्द्र राइलेले बताए । साथै मोर्डन एराले हरेक बर्ष पढाइ संगै खेलकुलद, नृत्य, गायन र अभिनयमा समेत उत्कृट विद्यार्थिहरु उत्पादन गर्दै आइरहेको राइले बताए ।
मोर्डन एरा स्कुलले हरेक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस मिट लगायत मोर्डन एरा लिटल च्याम्पको आयोजना गर्दै आइरहेको छ ।
स्पोर्टस मिटमा भाग लिएका उत्कृष्ट विद्यार्थीहरुलाइ स्कुलले मेडल र प्रमाण पत्रले सम्मान गर्ने विद्यालयले बताएको छ ।
Post Views: 41