विराटनगर । त्रिभूवन विश्वविधालयबाट सम्बन्धन प्राप्त विराट स्कुल अफ म्यानेजमेन्ट स्टडीज ९सोम्स० कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थीक सहयोग गरेको छ।
छात्र सुमन खवास बिगत तिन महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए ।बि। बि ।एस दोस्रो बर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताईन् । सुमनकी आमा श्वास प्रश्वास र पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरि अहिलो ठिक भएको आमा रिडी देवी खवासले बताइन ।
विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुपमा काम गर्छन्।न्यूनतम आम्दामीबाट दुःखले कमाएको रकमले विहान बेलुका छाक टार्न समेत खवासको परिवारमा समस्या छ । सामाजीक कार्य तथा सानो भएपनि सहयोग हुन्छ भन्ने अभिप्रायले सोम्स कलेजमा अध्ययनरत छात्र,छात्रा तथा कलेज प्रशासन बाट रु ५०,००० नगद पिडितको घरैमा गएर दिएको कलेजका डाइरेक्टर रोशन धिमिरेले बताए ।
Post Views: 11