विराटनगर । माघ १० गतेदेखि मोरङ हिसान स्पोर्ट्स मीट हुने भएको छ । हिसान मोरङले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुने बताएको छ ।
स्पोर्ट्स मीटमा पुरुष फूटबल, पुरुष तथा महिला भलिबल, पुरुष क्रिकेट, पुरुष बास्केटबल, पुरुष तथा महिला टेबलटेनिस खेल हुनेछन् । साथै छोटो र लामो दुरीको दौड प्रतियोगिता समेत हुने आयोजकले जानकारी दिएको छ ।
मोरङका संथागत विद्यालय र कलेज मा पढ्ने कक्षा ११ र १२ का करिब २२ हजार ६ सय विद्यार्थीहरुबाट आन्तरिक प्रतिष्पर्धाबाट छनौट भएर आउने विद्यार्थी खेलाडिले प्रतियोगितामा भाग लिने हिसान मोरङका अध्यक्ष अमित ढकालले बताए । उनका अनुसार फटबलमा २२ टिमले सहभागिता जनाउने छन् ।
भलिबलमा १५ टिमको सहभागिता रहनेछ । विराटनगर– १९ स्थित रंगशालामा क्रिकेटका खेल माघ १० गते सुरु हेनछन् भने फुटबल माघ ९ गते दिउँसो ११ बजेबाट नै सुरु हुने आयोजकले जनाएको छ । यस्तै भलिबल माघ ११ गते सुरु हुने छ ।
Post Views: 1