हिसान स्पोर्टस् : क्रिकेटमा अर्किड र कान्तीपुर फुटबलमा रेड स्टार, मर्डन एरा र शिक्षादिप विजयी

हिसान स्पोर्टस् : क्रिकेटमा अर्किड र कान्तीपुर फुटबलमा रेड स्टार, मर्डन एरा र शिक्षादिप विजयी

 राष्ट्रिय डेली

 

 

विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र कान्तीपुर कलेज फुटबलमा रेड स्टार कलेज, मर्डन एरा कलेज र शिक्षादिप कलेज तथा भलीबलमा कान्तीपुर कलेज, अर्किड कलेज र कोशी कलेज विजय भएका छन् ।

शुक्रबार वैजनाथपुरमा भएको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले सगरमाथा कलेजलाईलाई २ विकेटले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित १३ ओभरको खेलमा १० दशमलव १ बलमा सवै विकेट ४४ रनको योगफल तयार पारेको थियो । जस्मा शिसिर यादवले १० रनको योगदान दिए । अर्किडका म्यान अफ द म्याच रविन बस्नेतले २ ओभरमा ३ रन दिएर ५ विकेट लिँला यूवराज मगरले ३ विकेट लिए ।

जवाफमा ४४ रनको झिनो लक्ष्य पछ्याएको अर्किडले सर्घषपूर्ष खेल खेल्दै १२ ओभरमा ८ विकेट गुमाई सो विजयी लक्ष पार गरेको थियो । अर्किडले २६ रन अतिरिक्त रन पाउँनु बाहेक कुनै पनि खेलाडिले दोहोरो अंकलाई छुन सकेनन् । सगरमाथाका उत्सव कार्कीले ४ विकेट लिए ।

दोस्रो खेलमा कान्तीपुर कलेजले विकेभिएम कलेजलाई ८ विकेटले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ४ बलमा सवै विकेट गुमाई ५१ रनको समान्य योगफल खडा गरेको थियो । जस्मा विक्रम मेहता १९ रनमा अविजित भए । कान्तीपुरका म्यान अफ द म्याच अभिशेक मण्डलले ४ ओभरमा १ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिँदा बब्बु गोठियाले ३ विकेट विकेट लिए ।

जवाफमा ५१ रनको सामान्य योगफल पछ्याएको कान्तीपुरले ९ दशमलव २ बल खेल्दै २ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जस्मा कृष्ण गुप्ताले २० रन बनाउँदा भोला सेठ १३ रनमा अविजित रहे । विकेभिएमका अंकित यादव र राज कामतले १–१ विकेट लिए ।

शुक्रबार विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा पथरीको रेड स्टार कलेजले वेलबारीको शिक्षा सन्देश कलेजलाई पेनाल्टी सुट आउटमा ४–२ को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको निर्णर्य पेनाल्टी सुट आउटबाट भएको हो । खेलको म्यान अफ द म्याच रेड स्टारका गोल किपर समिर विष्ट घोषित भए ।

दोस्रो खेलमा मेर्डन एरा कलेजले सेन्ट जोसेफ कलेजलाई २–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको दुवै गोल मोर्डन एका नविनकुमार चौधरीले गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा विराटनगरमा शिक्षादिपले ग्रामथानको जनक मेमोरियल कलेजलाई पेनाल्टी सुट आउटमा ३–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । खेलको म्यान अफ द म्याच शिक्षादिपका गोल किपर मस्कर शेख घोषित भए ।

शुक्रबारै भएको भलीबलको छात्रतर्फको पहिलो खेल कान्तीपुर कलेजले अरनिको कलेजलाई २–१ को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तीपुरका विवेक बस्नेतले भए । दोस्रो खेलमा अर्किड कलेजले रेड स्टार कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडका गहेन्द्र राजवंशी घोषित भए । त्यस्तै छात्रातफको खेलमा कोशी क्याम्पसले कान्तीपुर कलेजलाई २–१ को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कोशीका सविनाकुमारी माझी घाषित भइन् ।

शुक्रबार टेवलटेनिसको छात्र तथा छात्राको पहिलो चरणको खेल सम्पन्न भएको खेल सम्योनक खुशिराज श्रेष्ठले बताए ।

adv-single
सम्बन्धित समाचार

लगानी सम्मेलन : द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ...

आजदेखि सुरू दुईदिने लगानी सम्मेलनको यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत...

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको...

'यसकारण नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य'

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सही अवसर छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा...

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४, लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रूद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको...

तेस्रो लगानी सम्मेलन सुरू, १५१ परियोजना प्रस्तुत

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँमा आयोजित विशेष समारोहमा सम्मेलनको...

नेपाल भ्रमणमा आउँदै जापानकी विदेशमन्त्री

काठमाडौं । जापानकी विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको विदेश मन्त्रालयले शनिबार विदेशमन्त्री याको कामिकावाको भ्रमण घोषणा गरेको हो । ‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट,...

उपनिर्वाचन भएका इलाम र बझाङमा आज मतगणना

विराटनगर । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरू गरिँदैछ । इलाम–२ को मतगणना बिहान ११ बजेबाट हुने भएको छ । राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिहरू,...

७२ को विस्मयलाई यसरी सम्झियो गिरी फाउन्डेसनले

विराटनगर । नेपालमा गएको दोस्रो ठूलो महाभूकम्पको स्मरणमा विराटनगरस्थित गिरी फाउन्डेशनले श्रद्धाजञ्ली सभा आयोजना गरेको छ । २०७२ को भूकम्पीय विस्मयको स्मरणमा फाउन्डेशनले सो कार्यक्रम आयोजना गरेको हो । विराटनगरको देवकोटा चोकमा आयोजित कार्यक्रममा फाउन्डेशनका...

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...