विराटनगर । ११ औँ संस्करणको हिसान स्पोर्टस् मिट सम्पन्न भएको छ । विराटनगरमा माघ ९ गतेदेखि शुरु भएको स्पोर्टस् मिट सोमबार रात्रीकालिन फुटबलको फाइनल खेल सँगै सम्पन्न भएको हो ।
फुटबलको फाइनल खेलमा कोसी क्याम्पसले मोर्डन एरा कलेजलाई २–० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । कोसीको जितमा दोस्रो गोल गौरभ धिमालले गरे । खेलको ४३ औँ मिनेटमा धिमालले २५ यार्डबाट गरेको फ्रि किक प्रहार सोझै गोलमा परिणत भएको थियो । यस्तै ४८ औँ मिनेटमा धिमालले एकल प्रहारमा डिबक्स नजिकबाट गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द फाइनल कोसीका प्रदिप तामाङ घोषित भए । त्यस्तै हाइ स्कोर मार्डन एराका नविन चौधरी र कोसीका सुरज लिम्बु भए । दवैले ५–५ गोल गरे । त्यैगरी उत्कृष्ट किपर कोसीका धिरेन्द्र परियार, प्रतियोगिताकै उत्कृष्ट खेलाडि कोसीका गौरभ धिमाल तथा अनुशासित टिम पथरिको रेड स्टार कलेज भयो ।
सोमबार विहान भएको भलीबलको छात्राको फाइनलमा अर्किड कलेजले कोसी कलेलाई २–० को सोझो सेटले पराजित गरि उपाधि जितेको छ । उत्कृष्ट स्पाइकर अर्किडकी रोशिका बराईली घोषित भइन् भने उत्कृष्ट लिफ्टर अर्किडकी ललिता मगर तथा उत्कृष्ट डिफेण्डर कोसीकी सविना माझी भइन् ।
त्यस्तै भलिबल छात्रको फाइनलमा मोर्डन एरा कलेजले कान्तिपुर कलेजलाई २–१ को सेटले पराजित गरेको छ । उत्कृष्ट स्पाइकर मोर्डन एराका अर्जुन विक, उत्कृष्ट लिफ्टर मोर्डन एराका सविन तामाङ र उत्कृष्ट डिफेण्डर कान्तिपुरका सुर्दशन लिम्बु भए ।
सोमबारै सम्पन्न छात्रा १ सय मिठर दौडमा रेड स्टारकी विना लिम्बु प्रथम, अर्किडकी प्रियंका थारु दोस्रो र शिक्षादीपकी नेहा साह तेस्रो भइन् । यस्तै २ सय मिटर दौडमा रेड स्टारकी विना लिम्बु प्रथम, कान्तिपुरकी भुमिका चौधरी दोस्रो र शिक्षादीपकी सुस्मा बस्नेत तेस्रो भइन् ।
त्यस्तै छात्रतर्फ १ सय मिटर दौैडमा कान्तिपुरका नितेश राजवंशी प्रथम, शिक्षादीपका सर्फराज आलम दोस्रो र मेरिल्याण्डका राजकुमार चन्द्रवंशी तेस्रो भए । यस्तै २ सय मिटर दौडमा कान्तिपुरका नितेश राजवंशी प्रथम, मेरिल्याण्डका राजकुमार चन्द्रवंशी दोस्रो र रेड स्टारका सुरज लिम्बु तस्रो भए ।
यस अघिको साविक विजेता कोसी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित गर्दै कान्तिपुर कलेज हिसान क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । विजयी तथा सहभागिलाई हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल, केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, केन्द्रीय सदसस्यहरू राजेश कार्की, बलराम पन्त र शंकर भट्टराई, प्रदेश अध्यक्ष ज्ञानबहादुर खडका, प्रदेश सचिव दिपेश बाँस्तोला र जिल्ला अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा प्रमाण–पत्र वितरण गरेका थिए ।
Post Views: 6