विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान मोरङले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।
‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका साथ सुरु भएको मिटमा बुधबार क्रिकेट र फुटबलका खेलहरु भएका छन् । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड कलेज र शिक्षादीप कलेज विजयी भएका छन ।
पहिलो खेलमा अर्किडले नेशलन कलेजलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई १ सय ८ रन जोडेको थियो । जस्मा सन्तोष चौधरीले ४४ रन जोड्दा राजाबाबु कामतले २० रन जोडे । नेशनलका लवन रिजालले २ विकेट लिए ।
१ सय ९ रनको चुनौती पाएको नेशनलले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४५ रनमा सिमित भयो । जस्मा महमद हाज्रतले सर्वाधिक ११ रन बनाए । अर्किडका म्यान आफ द म्याच अरुण कामतले सर्वाधिक ४ विकेट लिए ।
दोस्रो खेलमा शिक्षादीपले लर्डबुद्ध कलेजलाई ८३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई १ सय ४९ रनको विशाल योगफल बनाएको थियो । जस्मा म्यान आफ द म्याच अमन अन्सारीले विस्फोटन ब्याटिङ गर्दै ५४ बलमा १ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे । लर्डबुद्धका विनायक अन्सारीले ३ विकेट लिए ।
१ सय ५० रनको चुनौती पाएको लर्डबुद्धले निर्धारित ओभर सवै विकेट गुमाई ६६ रनमा सिमित भयो । जस्मा सुमित साहले सर्वाधिक ३९ रन बनाए । शिक्षादीपका सुजन बस्नेत सर्वाधिक ४ विकेट लिए ।