विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत विहिबार भएको क्रिकेट खेलमा कान्तिपुर र अरनिको कलेज विजयी भएका छन् ।
विराटनगरस्थित वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा पहिलो खेलमा कान्तिपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १६ ओभरमा ५ विकेट गुमाउँदै १ सय २४ रन जोडेको थियो । जसमा राज वर्माले ४४ रन जोड्दा कृतिक कामतले २५ रन जोडे । मेरिल्याण्डका सागर पोद्धारले २ विकेट लिए ।
१ सय २५ रनको चुनौती पाएको मेरिल्याण्डले १३ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै ६८ रनमा सिमित भयो । जसमा कुष्णकुमार देवले सर्वाधिक २४ रन बनाए । कान्तिपुरका म्यान आफ द म्याच कृतिक कामत सर्वाधिक ३ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा अरनिको कलेजले कोवास कलेजलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रनको विशाल योगफल बनाएको थियो । जसमा सागर मोचीले ४९ रन बनाउँदा सोनु साहले ४१ रन बनाए । कोवासका अभय यादवले २ विकेट लिए ।
१ सय ५४ रनको चुनौती पाएको अरनिकोले १२ दशमलव २ बलमा सवै विकेट गुमाउँदै ४७ रनमा सिमित भयो । कोवासका कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । अरनिकोका म्यान आफ द म्याच अमर यादवले सर्वाधिक ५ विकेट लिए ।
Post Views: 2