विराटनगर, ९ फागुन । मोरङको उर्लाबारीमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएकाे छ । शनिबार राति उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको हो ।
गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर आएर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेर स्कुटरमा सवार दुवै जनाको उर्लाबारीस्थित अरनिको अस्पतालमा राति ८ः१५ बजेतिर ज्यान गएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए । ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Post Views: 61