केएमसी नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

केएमसी नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

 राष्ट्रिय डेली

 

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो ।

 

 

केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका छन् । गत बर्षदेखि केएमसीको व्यवस्थापन फेरिएको छ । पूर्वी नेपालमा प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले सेवा सुविधा बढाउँदै लगेको छ । पहिले केएमसीमा आइसीयूका ३४ बेड थिए । अहिले १३४ बेड थरेर नेपालकै सबैभन्दा ठूलो १६८ बेड क्षमताको आइसीयू सेन्टर सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘अब केएमसी नेपालको सबैभन्दा ठूलो आइसीयू सेन्टर भएको छ,’ डा.शर्माले भने, ‘अहिले हामीले १६८ बेड क्षमताको आइसीयू सञ्चालमा ल्याएका छौं, नेपालका कुनैपनि निजी वा सरकारी अस्पतालमा यत्रो आइसीयू सेन्टर छैन ।’

 

केएमसीले यसअघि नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष पनि सञ्चालनमा ल्याएको छ । अहिले ६८ बेडको जेनेरल आइसीयू, ४० बेडको एनआइसीयू, २२ बेडको पल्मो आइसीयू, १२ बेडको एमआइसीयू, ११ बेडको एसआइसीयू, १० बेडको पीआइसीयू र ५ बेडको न्यूरो आइसीयू सञ्चालनमा ल्याइएको छ ।

आइसीयू शुल्क पनि नेपालकै सबैभन्दा सस्तो कायम गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनी भन्छन्, ‘सरकारी क्षेत्रबाट सञ्चालित वीर अस्पताल र सिभिल अस्पतालमा आईसीयू चार्ज दुई हजार छ, हामीले १९ सय रुपैयाँमै आइसीयू उपलब्ध गराउँने गरेका छौ ।’ केएमसीले नेपालका अन्य सरकारी अस्पताल र निजी अस्पतालहरु भन्दा पनि सस्तो आइसीयू शुल्क कायम गरेको दाहालको भनाई छ । केएमसीले ५८ वटा भेन्टिलेटर पनि सञ्चालनमा ल्याएको छ ।

adv-single
सम्बन्धित समाचार

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...

बूढीगंगामा मूर्ति चोर्दाचोर्दै पक्राउ परे युवक

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-३, गोकुवा चोकस्थित दुर्गा मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मन्दिरमा राखिएको मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गरेको आरोपमा स्थानीय २२ वर्षीय आशिष...

झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित...

गिरी फाउण्डेशनद्वारा शैक्षिक र खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरस्थित गिरी फाउण्डेशनले कटहरी गाउँपालिका ४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउण्डेशनले श्री आधारभूत विद्यालयलाई ६० हजार रकम बराबरको शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक...

यस्ताे छ सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान,...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

  विराटनगर । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स...

कान्तिपुर इन्स्टिच्युटले दियो विद्यार्थीहरूलाई एकदिने अभिमुखीकरण

विराटनगर । विराटनगर-२ स्थित कान्तिपुर इन्स्टिच्युटले एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । विगत आठ वर्षदेखि शैक्षिक क्षेत्रमा योगदान दिइरहेको कान्तिपुर इन्स्टिच्युटले विराटनगर एवं रंगेलीका विद्यार्थीहरूलाई सहभागी गराई अभिमुखीकरण सम्पन्न गरेको हो । मेडिकल एवं इन्जिनियरिङ...

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाई चयन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाई चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईलाई प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा...