विराटनगर । विराटनगर १ मा स्वाभिमान नेपाल र प्रगती महिला समाजले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । चिसोका कारण दैनिकी कष्ठकर भएको थाहा पाइपछि विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको स्वाभिमान नेपाल र प्रगती महिला समाजकी उपाध्यक्ष सिर्जना खड्काले बताइन् ।
वडा नं १ का ५० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको संस्थाका सचिव देवचन्द्र घिमिरेले जानकारी दिए ।
न्यानो कपडा वितरण कार्यक्रममा विराटनगर १ का वडा अध्यक्ष उद्घव अर्याल, नेपाली काङ्ग्रेस वडा सभापति छवी पराजुली, वडा सदस्य द्वय कुमारी कट्टेल, कमला रिजालको सहभागिता थियो ।
यस्तै पवन भट्टराई, सावित्री ढकाल, लिला काफ्ले, राजन न्यौपाने, रत्ना श्रेष्ठ, साबित्रा पोख्रेल, सागर पोख्रेल लगाएतको उपस्थिति रहएको संस्थाका सचिब घिमिरेले जानकारी दिए ।
Post Views: 4