विराटनगर । भारतीय गायिका लता मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको छ। केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो। उनी ९२ वर्षकी थिइन्।
मध्य प्रदेशको इन्दोर सहरमा जन्मीएकी उनको परिवारको पृष्ठभूमि शास्त्रीय संगीतको थियो। औपचारिक शिक्षा हासिल नगरेकी मंगेशकरले भने बलिउड सिनेमाका लागि गीत गाएकी थिइन्। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्।
सन् १९४९ मा उनले महल भन्ने सिनेमा लागि उनले पहिलो पटक गीत गाएकी थिइन्। त्यही गीतले उनलाई चर्चा चुलिएको थियो।
मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्। राजा महेन्द्रले लेखेको ‘आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ।।।’ गीतमा मंगेशकरले स्वर भरेकी थिइन्। अरू नेपाली गायक र गायिकासँग पनि उनले गीत गाएकी छन्।
मंगेशकरले भारतका प्रतिष्ठित भारत रत्न, पद्मभुषण, दादासाहेब फाल्के अवार्डलगायत पुरस्कार र सम्मान पाएकी थिइन्।
Post Views: 1