यतिवेला नेपाली सांगितिक बजारमा बाल गायकद्धय रुक्साना लिम्वु र सुप्रिम मल्ल ठकुरीको चर्चा निकै छ । उनीहरु दुवैजनाको स्वरलाई नेपालीहरुले निकै मनपराएका छन् । यसैबिच सुविस्ता इण्टरटेनमेण्टले बाल गायकद्धय लाई लिएर ‘सम्झिराख है साथी’ नामको एल्वम वजारमा ल्याएको छ ।
उमेश खड्को शब्द तथा सागर संसारको एरेन्ज रहेको गीत माहोल स्टुडियोमा रेकर्ड भएको हो । रुकेश राईले रेकर्डिङ गरेको गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका छन् ।
यसैगरी भिडियो समेत निकै राम्रो वनेको दर्शकहरुले बताएका छन् । विरेन्द भभट्को छायांकन तथा प्रविन थापाले निर्देशन गरेको गीतको भिडियोमा गायकद्धय रुक्सना लिम्वु र सुप्रिम मल्ल ठकुरीको अभिनय समेत देख्न सकिन्छ । भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् ।
Post Views: 2