सुनसरी । डियर कल्याण साहित्य प्रतिष्ठानको आयोजनामा इटहरी स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा भोली स्रष्टा सम्मान तथा गजल महफिल कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपाली साहित्यको क्षेत्रमा लामो समयदेखी कलम चलाउँदै आएका विराटनगरका साहित्यकार प्राज्ञ.दधिराज सुवेदिलाइ सम्मान गरिने भएको छ । लामो समयदेखी साहित्यका विद्याहरुमा कलम चलाउँदै आइरहेका सुवेदि समालोचकका रुपमा समेत परिचित छन् ।
कार्यक्रममा विराटनगरका गजलकार हरी कट्टेल ,विर्तामोड झापाका गजलकार लीला अनमोल र सुदुर पस्चिम कैलालीका गजलकार दिर्गराजले गजल वाचन गर्ने भएका छन् । डियर कल्याण साहित्य प्रतिष्ठानले प्रदेश १ को साहित्य विकासका लागि विभिन्न कार्यक्रमहरु गदै आइरहेको छ ।
Post Views: 5