प्रदेश १ का स्वास्थ्यमन्त्री यादवद्धारा एकसय दिने प्राथमिकता सार्वजनिक

प्रदेश १ का स्वास्थ्यमन्त्री यादवद्धारा एकसय दिने प्राथमिकता सार्वजनिक

 राष्ट्रिय डेली

विराटनगर । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्वजनिक गरेका हुन ।

पत्रकार सम्मेलनमा मन्त्री यादवले सीमित स्रोत साधनले नागरिकका अनेकांै चाहना र स्वास्थ्य प्रणालीका चुनौतीहरु एकैचोटी समाधान गर्न नसकेपनि मन्त्रालयका गतिबिधिहरुलाइ थप ब्यबस्थित र सुदृढ गर्दै लाने उद्देश्यले मन्त्रालयका नियमित काम बाहेक पहिलो १०० दिने कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याइएको बताए । उनले भने, ‘कार्य योजनाका कार्यहरु प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले निर्दिष्ट गरेका प्राथमिकता र तत्कालिन आबश्यकातालाइ सम्बोधन गर्नेगरी तयार गरिएको छ ।’

मन्त्री यादवले प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुवाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणका लागि एक स्वास्थ्य रणनीति तयार गर्ने, स्वास्थ्य वीमा वोर्डको प्रदेश नं. १ को कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने, मेची अस्पताललाई २ सय शैयामा स्तरवृद्धि गर्न आवश्यक तयारी गरी स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने, विशेषज्ञ चिकित्सकको लागि सुविधा सम्वन्धिको निर्देशिका स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेस गर्ने रहेको छ ।

त्यसैगरि स्वास्थ्य मन्त्रालयमा महाशाखा र शाखाहरुको कार्य विवरण तयार गर्ने, प्रादेशिक आर्युवेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आप्mनै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाहरुको सुदृढिकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारी, इनरुवा अस्पताल र गाइघाट अस्पताललाई आकस्मीक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने प्राथमिकता रहेको मन्त्री यादवले पत्रकार सम्मेलनमा बताए ।

उनले प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको लागि जग्गा ब्यवस्थापन गर्ने, कोभिड १९ को अवस्था, खोप लगायतका सम्पूर्ण जानकारी नियमित रुपमा सार्वजनिक गर्ने, प्रोल्याप्स युटरेस र फिस्टुलाको शल्यक्रिया प्रदेश भित्रका अस्पतालहरुसँग सम्झौता गरि कार्यक्रम संचालन गर्ने व्यवस्था गर्ने, स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायहरुको कर्मचारी दरवन्दीको अवस्था अध्ययन गरि रिक्त पद परिपुर्ति गर्न सम्वन्धित निकायमा पहल गर्ने, प्रदेशभरिका स्वास्थ्यकर्मीहरुको रिक्तपदको विवरण संकलनगरि लोक सेवामा पठाईने, बजेटमा व्यवस्था भएका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि आवस्यक मार्गदर्शन तयार गर्ने लगायत रहेको प्राथमिकता सार्वजनिक गरे्का छन् ।

adv-single
सम्बन्धित समाचार

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित गे्रडड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वयमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...