विराटनगर।स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा पुगेको छ । इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४– १ गोल अन्तरले पराजित गर्दै म्याड्रिड अन्तिम दुईमा प्रवेश गरेको हो ।
बुधबार राति भएको सेमिफाइनल खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा फेडेरिको भाल्भर्देले गोल गर्दा अग्रता दोब्बर बनाए । खेलको ६५ औं मिनेटमा अलि मालोउलले गोल गर्दै अल अहलीलाई २–१ को अवस्थामा ल्याए ।
इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै ३– १ को अवस्थामा पूर्याए । इन्जुरी समयको आठौं मिनेटमा सेर्जियो अरिबासले गोल गर्दै रियललाई ४– १ को जित दिलाए ।
साउदीको अल हिलाल यसअघि नै क्लब विश्वकपमा पुगिसकेको छ । अब रियलले उपाधिका लागि अल हिलालसँग खेल्नेछ ।
Post Views: 2