जेभियर्स स्कुललको आठौँ वार्षिकोत्सव सम्पन्न

जेभियर्स स्कुललको आठौँ वार्षिकोत्सव सम्पन्न

 राष्ट्रिय डेली

विराटनगर । मोरङको बुढीगंगा–२ टंकिसिनुवारीमा अवस्थित जेभियर्स बोर्डिङ स्कूलको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिवार स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । सो अवसरमा  विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम साथै विज्ञान प्रर्दशनी समेत गरेका थिए ।

 

 

 

प्रमुख अतिथि बूढीगंगा गाउँपालिकाका प्रमुख जित नारायण थापा मगरले विद्यालयले विद्यार्थीहरूलाई किताबि ज्ञान मात्रै नभएर ब्यबहारीक ज्ञानमा पनि उत्तिकै ध्यान दिएको बताए ।अनुशासन सँगै जेभियर्सका विद्यार्थीहरूमा नेतृत्व गर्नसक्ने क्षमता पनि देखेको उनले बताए । उनले बूढीगंगाको शैक्षिक क्षेत्रलाई महत्वपूर्ण स्थानमा पु¥याउन गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रिन्सिपल परेश पोखरेलले जेभियर्सले सँधै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताए । उनले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न विद्यालयले विभिन्न कार्यक्रम गर्दै आएको समेत जानकारी दिए । उनले अन्य विद्यालयसँग प्रतिस्पर्धा गरेर नभइ गुणस्तरीय शिक्षा दिएर विद्यार्थी र अभिभावकको मन जित्ने उद्घोष गरे । उनले जेभियर्स स्कुललाई बूढीगंगाको मात्र नभएर देशकै उत्कृष्ठ शैक्षिक संस्थाका रूपमा स्थापित गर्न लागिपर्ने पोखरेलले बताए ।

सोही अवसरमा बूढीगंगा गाउँपालिका भित्रका निजी तथा सामुदायीक विद्यालयका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता कुमारी रानाको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

adv-single
सम्बन्धित समाचार

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...

बूढीगंगामा मूर्ति चोर्दाचोर्दै पक्राउ परे युवक

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-३, गोकुवा चोकस्थित दुर्गा मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मन्दिरमा राखिएको मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गरेको आरोपमा स्थानीय २२ वर्षीय आशिष...

झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित...

गिरी फाउण्डेशनद्वारा शैक्षिक र खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरस्थित गिरी फाउण्डेशनले कटहरी गाउँपालिका ४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउण्डेशनले श्री आधारभूत विद्यालयलाई ६० हजार रकम बराबरको शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक...

यस्ताे छ सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान,...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

  विराटनगर । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स...

कान्तिपुर इन्स्टिच्युटले दियो विद्यार्थीहरूलाई एकदिने अभिमुखीकरण

विराटनगर । विराटनगर-२ स्थित कान्तिपुर इन्स्टिच्युटले एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । विगत आठ वर्षदेखि शैक्षिक क्षेत्रमा योगदान दिइरहेको कान्तिपुर इन्स्टिच्युटले विराटनगर एवं रंगेलीका विद्यार्थीहरूलाई सहभागी गराई अभिमुखीकरण सम्पन्न गरेको हो । मेडिकल एवं इन्जिनियरिङ...

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाई चयन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाई चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईलाई प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा...