विराटनगर। रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इल्चेमाथि फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा ४– ० गोल अन्तरको जित निकालेको हो ।
रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । मार्को एसेन्सियो र लुका मोड्रिचले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले दोस्रो पेनाल्टी गोल गर्दै अग्रता ३–० को बनाए । खेलको ८० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ४–० को जित दिलाए ।
जितसँगै रियलले २१ खेलमा ४८ अंक जोडेको छ । पहिलो स्थानमा रहेको बार्सिलोनासँग ५६ अंक छ ।
Post Views: 16