विराटनगर । अवलोकनकर्ताको सहजीकरणका लागि धरान एक्स्पो २०७९ मा निःशुल्क बस सेवा उपलब्ध गराइएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी एक्स्पोलाई लक्षित बस सेवा उपलब्ध गराइएको आयोजकले बताएको छ ।
एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार धरानका विभिन्न पाँच स्थानबाट एक्स्पो स्थलसम्म बस सेवा उपलब्ध गराइएको हो ।
धरानको चतरा बस स्ट्यान्ट दिउँसो २ः३० बजे पानमारा स्कुल डाँडा दिउँसो २ः३० बजे, बरगाछी रानी पेट्रोल पम्प दिउँसो १ः३० बजे, बगरकोट पारी सेउती पुल दिउँसो १ बजे र मंगलबारे चोकबाट दिउँसो २ः३० बजे बस सेवा उपलब्ध रहेका छन् ।
‘एक्स्पोमा अवलोकन गर्न सहज होस् भन्ने उद्देश्यसहित निःशुल्क बस सेवा उपलब्ध गराइएको छ’ संयोजक श्रेष्ठले भने, ‘तर अवलोकनकर्ताको फर्किने समय निश्चित नभएकाले बस सेवालाई एकतर्फिमात्र गरिएको छ ।’
फागुन ११ गतेबाट सुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ । एक सय २३ स्टल अवलोकन गर्न सकिने एक्स्पोमा रैथाने, नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका उत्पादनबारे जानकारी लिन र खरिद गर्न सकिनेछ ।
Post Views: 1