विराटनगर । इटहरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ४ आर्मी क्याम अगाडि धरानबाट इटहरीतर्फ आउँदै गरेको को ३८ प ९१०७ नम्बरको मोटरसाइकल गएराति १ः२० बजेतिर दुर्घटना भएको हो ।
आँफै अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा मोरङको बेलबारी नगरपालिका ५ बस्ने २६ वर्षीय राजेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएपनि उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
Post Views: 8