विराटनगर । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।कञ्चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको हो।
कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर नजिक आज बिहान सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
यसैगरी गएराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिंदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। ती पुरुषको परिचय खुल्न सकेको छैन ।
Post Views: 0