विराटनगर । जिवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मधुमल्लाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
मंगलबार मिक्लाजुंग गाउँपालिका स्थित मधुमल्लामा जिवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मधुमल्ला, एन्जल फाउन्डेसन उर्लाबारी र जीवन विकास पब्लीक हेल्थ सेन्टरको संयुक्त आयोजनामा स्वास्थ्य शिविर भएको थियो ।
स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरूबाट परामर्श सेवा, ल्याव सेवा, आवश्यक औषधी वितरण गरिएको थियो । साथै थप उपचारको लागि हस्पिटल लानुपर्ने अवस्था भएका विरामीलाई विशेष छुटको व्यवस्था समेत गरिएको थियो ।
शिविरमा बरिष्ठ फिजिसियन डा. आर के मण्डल, बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. अन्जली रसाईली, बरिष्ठ सर्जन डा. सुजन श्रेष्ठ लगायतले सेवा प्रदान गरेका थिए ।
शिविरमा १ सय बढीले सेवा लिएका थिए । यस्तै एन्जल फाउण्डेसनले अप्रेसन गर्नुपर्ने गर्नुपर्ने विरामीलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।