विराटनगर । मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका ५ का ४१ बर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ बर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका छन् ।
हिजो दिउसो साँढे २ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश न. ०१–०४–००१ प ७१६४ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनावाट घाईते भएका बलरामको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने घाईते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
Post Views: 3