आज चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

आज चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

 राष्ट्रिय डेली

काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज (शुक्रबार) काठमाडौं आउँदै । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् ।

नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् ।

भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने उनी विशिष्ट व्यक्ति हुन् । त्यसैले नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै सरकारले छलफलको कार्यसूची बनाएको छ ।

नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सीमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सन्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत छ ।

चीनको राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङ यीको औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । वाङ यीको शुक्रबारदेखि हुने नेपाल भ्रमणका क्रममा १० वटा सहमतिरसम्झौता हस्ताक्षर गर्ने तयारी भइरहेको भ्रमण तयारीमा संलग्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए । तीमध्ये दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता अन्तर्गत चीनले नेपाललाई वार्षिक अनुदान सहयोग बढाउन लागेको हो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चीनले नेपाललाई वार्षिक अनुदान सहायता करिब १५ अर्ब रुपैयाँ पुर्‍याउने भएको छ । चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएको छ । यससम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र एक चिनियाँ उपमन्त्री तहका अधिकारीबीच हस्ताक्षर हुने भएको छ । उक्त अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुनेछ ।

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा घोषणा भएको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषय पनि यो भ्रमणमा छलफल हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहेका विदेशमन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुन् । उनी यसअघि २०७६ साल भदौ महिनामा पनि नेपाल भ्रमणमा आएका थिए ।

adv-single
सम्बन्धित समाचार

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...