
पहिरोमा पुरिएर तीनको मृत्यु
विराटनगर । पाँचथरको फालेलुङ गाँउपालिका ७ बिदीन स्थितमा पहिरोले घर पुरिएर तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको...
विराटनगर ÷ विराटनगर महानगरपालिकाले प्रकाशित गरेको दुईवटा पुस्तक एक भव्य समारोहका बीच सोमबार विमोचन गरिएको छ ।
वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीद्वारा लिखित ‘ऐतिहासिक विराटनगर’ र प्राज्ञ विवश पोखरेलद्वारा सम्पादित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृति ग्रन्थ’ कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. गोपाल भण्डारी, महानगरका मेयर भीम पराजुली, पूर्वमेयर रामकृष्ण भट्टराई, प्राज्ञ गंगा सुवेदी, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाललगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. गोपाल भण्डारीले महानगरपालिकाले प्रकाशित गरेको दुईवटा पुस्तक विराटनगरको मात्रै नभएर नेपालकै वाङ्मय क्षेत्रको सम्पत्ति भएको बताए । “आज जुन दुईवटा पुस्तक विमोचन भएको छ, यी पुस्तक विराटनगरको मात्रै होइन समग्रमा नेपाली वाङ्मय क्षेत्रकै सम्पत्ति हुन्,” भण्डारीले भने, “महानगरपालिकाले ऐतहासिक काम गरेको छ ।”
त्यस्तै कार्यक्रममा प्राज्ञ गंगा सुवेदीले ऐतिहासिक पुस्तक प्रकाशित गरेर विराटनगर महानगरपालिकाले महत्वपूर्ण कार्य गरेको बताइन् । ऐतिहासिक विराटनगर पुस्तकका लेखक प्राज्ञ दधिराज सुवेदीले पुस्तकभित्र धेरै क्षेत्रको इतिहासलाई उजागर गरेको दाबी गरे । उनले नेपालकै पहिलो अस्पताल कोशी अस्पताल भएको प्रमाणसहित पुस्तकमा प्रस्तुत गरिएको बताए । आफूले रात–दिन मेहनत गरेर पुस्तक लेखेको उनले बताए । बालकृष्ण स्मृति ग्रन्थका सम्पादक प्राज्ञ विवश पोखरेलले वरिष्ठ स्रष्टालाई जीवन्त राख्न महानगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले सबैको साथ र सहयोगले आफूले कुशलतापूर्वक सम्पादकको भूमिका पूरा गरेको जनाए ।
समारोहमा महानगरपालिकाका मेयर भीम पराजुलीले पुस्तक विराटनगरका लागि इतिहास भएको बताए । उनले समग्रमा पुस्तकले विराटनगरको परिचय दिएको दाबी गरे । “दुईवटै पुस्तक अब विराटनगर महानगरपालिकाको सम्पत्ति हो,” उनले थपे, “महानगरमा आफू आएसँगै भौतिक पूर्वाधारसँगै भाषा, साहित्य, कला, संस्कृतिको विकासलाई उत्तिकै महत्वका साथ अगाडि बढाएँ । जसको उदाहरणका रुपमा यिनै पुस्तकलाई लिन सकिन्छ ।”
कार्यक्रममा वडाध्यक्ष मीकुमार आचार्य, विराटनगरका पूर्वमेयर रामकृष्ण भट्टराई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, पुस्तकका लेखक महानगरको सामाजिक शाखा प्रमुख पुनम दाहाल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले मन्तव्य व्यक्त गरेका थिए । ऐतिहासिक विराटनगर पुस्तकभित्र विराटनगरको आर्थिक, सामाजिक, राजनैतिक, साहित्यिक, सांस्कृतिक विषयलाई उठाइएको छ भने प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थमा भाषाशास्त्री बालकृष्ण पोखरेलका बारेमा लेखिएका लेख रचना समेटिएको छ ।
विराटनगर । पाँचथरको फालेलुङ गाँउपालिका ७ बिदीन स्थितमा पहिरोले घर पुरिएर तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको...
विराटनगर । भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ । आईतवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स...
विराटनगर । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक शुरु भएको छ । माओवादी केन्द्रको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आईतवारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो । बैठक मंगलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।...
विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनु भएको छ । विज्ञापन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको...
विराटनगर । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले...
विराटनगर ।प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक बजेट आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ । शनिबारको संसद बैठक झण्डै ५...
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा...
विराटनगर । मोरङको रंगेली नगरपालिका १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मल्लिकले घरायसी विवादका कारण ३१ वर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टीतेल छर्केर आगो लगाएर हत्या गरेको खुलेको...
विराटनगर । चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताईरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा...
विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा .एमाले.की सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको...
विराटनगर । नेपाल प्रहरीको आईजीपी नियुक्तिबिरुद्धको रिटमा आजबाट चौथो सुनुवाई हुँदैछ । का।मु। प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाई हुन लागेको हो । का।मु। प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा...
विराटनगर। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईतवार दोस्रो अभ्यास खेल खेल्दैछ । खेल साँझ ७ः१५ बजे क्यानडाको ओन्टारियो क्लवबिरुद्ध टि–२० फम्र्याटको खेल खेल्न लागेको हो । यसअघि शुक्रवार भएको एकदिवसीय फम्र्याटको अभ्यासमा...