विराटनगर । नेपालका चर्चित पप गायक सुगम पोखरेलले आज धरान एक्स्पोमा प्रस्तुति दिने छन् ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा धरान रङ्गशालामा फागुन ११ बाट जारी एक्सपोमा आज गायक पोखरेलले आफ्ना साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
गायक पोखरेलका ‘फेरी त्यो दिन’, ‘पाठशाला’, ‘जाँदै छु टाढा’, ‘सम्हालिन्छ कहिले मन’, ‘रहर छ सँगै’, ‘जिन्दगी नै भन्दिन’ लगायतका गीत चर्चित छन् ।
बजारमा आठ वटा एल्बम ल्याइसकेका उनी गायक, सङ्गीतकार र रचनाकारका रुपमा नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर साधना गरिरहेका छन् ।
साँझ ६ बजे देखि सुरु हुने साङ्गीतिक कार्यक्रममा गायक पोखरेलसँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।